कालीकोटका ८ वटा पालिकामा बिजुली पुग्यो

 पुष १०, २०८० मंगलबार १६:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकोट – कालीकाेटकाे आठ वटा पालिकामा बिजुली पुगेकाे छ । नाै वटा पालिका रहेकाे कालीकाेटमा पलाँता गाउँपालिकाबाहेक अरू पालिकामा बिजुलीकाे पहुँच विस्तार भएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताउनुभयो ।

खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बिजुलीकाे पहुँच पुगेको हो । आठ वटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने बिजुलीकाे पहुँच पुगेकाे छैन । अहिले वडावडामा बिजुलीकाे प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताउनुभयो । 

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ । अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछाैँ’, साहले भन्नुभयो । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै बिजुलीकाे पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहको भनाइ छ ।

यहाँका २६ हजार सात सय ७९ घरधुरीमध्ये चार हजार पाँच सय घरमा बिजुलीकाे मिटर जडान गरेकाे प्रमुख साहले बताउनुभयो । ‘बिजुली पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्’, उहाँले भन्नुभयाे ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया