अब सरकार बेग्लै तरिकाले चल्छ, सबै कामले तीव्रता पाउँछन् : प्रचण्ड

 पुष १०, २०८० मंगलबार १७:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गर्नुभएको छ ।

आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले बेग्लै ढङ्गले काम गरेर सरकारी कामलाई नागरिकले महसुस गर्ने बनाउने बताउनुभएको हो । उहाँले अब आफू अपरिहार्य र महत्त्वपूर्ण कार्यक्रममा बाहेक काठमाण्डौबाहिर नजाने र यसै हप्ता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिर्वतन गर्ने घोषणा गर्नुभएको छ ।

पूर्वाधार विकास बेलैमा सम्पन्न नहुनुका कारण रुख कटान र जग्गाको मुआब्जा हो भनेर धेरैले भन्ने गरेको भन्दै प्रधानन्त्री प्रचण्डले अब खुद्रा समस्याको हल नभई नीतिगत र कानुनी हिसाबले नै समाधान गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया