नेपालकाे पर्यटन पुरानै लयमा फर्किएकाे छ : मन्त्री किराती

 पुष १०, २०८० मंगलबार २०:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ ।

प्रचण्ड नेतृत्व सरकारकाे वर्ष दिन पुगेकाे अवसरमा आज मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेका बताउनुभयो । आफू मन्त्री भइसकेपछि एक महिनामा ई टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको उहाँले बताउनुभयो ।

मन्त्री किरातीले १२ वर्षदेखि बिग्रिएर बसेको नेपाल वायु सेवा निगमकाे एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै छ वटा जहाज हुने बताउनुभयो । हवाई उडान हुन नसकेको २२ वटा खाली विमानस्थल सहज ढङ्गले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको उहाँले जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । म मन्त्री भएर आएकाे एक महिनामा नेपाल वायु सेवा निगममा ई टिकेटिङ लागू गरेका थियौँ । दुर्गम क्षेत्रहरूमा उडान गर्नका लागि जहाज खरिद प्रक्रियामा अघि बढिरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछाैँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ ।’

मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेशिन जडानकाे काम अन्तिम चरणमा पुर्‍याएकाे बताउनुभयो । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया