लिभरपुल प्रियिमर लिगको शीर्षस्थानमा : म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो

 पुस ११, २०८० बुधबार ६:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो । उसका डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाए ।

त्यस्तै, खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ३–२ गोलले हराएको छ । युनाइटेडसँग हारेको एस्टन १९ खेलमा ३९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ३१ अङ्क रहेको युनाइटेड छैटौँ स्थानमा छ ।

त्यस्तै, गएराति भएका अरु खेलमा बर्नमाउथले फुलहमलाई ३–० गोलले, लुटन टाउनले सेफिल्ड युनाइटेडलाई ३–२ गोलले र नटिङ्घम फरेस्टले न्युक्यासललाई ३–१ गोलले हराएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया