काठमाण्डौको मौसम बिहान धुम्म : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 पुष ११, २०८० बुधबार ७:४८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म भएको छ । बादल लागेर बिहानपख मौसम धुम्म भए पनि बिस्तारै घाम लाग्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि न्यूनतम तापक्रम र अधिकतम तापक्रम भने घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । तापक्रम घट्नेक्रममा रहेकाले चिसो अझ बढ्नेछ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ ।  साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाँउमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया