काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाण्डौबाट ल्हासा नियमित उडान शुरु गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गर्नुभयाे। उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताउनुभयो । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङपछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो । यसअघि कोरोना महामारीले रोकिएको काठमाण्डौ–ल्हासा सिधा उडानलाई खुला गर्न नेपालले चिनियाँ पक्षसँग माग गरेको थियो ।
गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।
तस्बिर : नवराज ढकालकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।