बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

 पुष १३, २०८० शुक्रबार १३:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएकाे भन्दै परीक्षार्थीले प्रदर्शन गरेका कारण  बालकुमारी क्षेत्रमा तनाव भएको हाे । 

यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै दुई हजारको सङ्ख्यामा रहेका उनीहरूले प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आजगनी गरेकाे केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयाे । मन्त्रीकाे बा २ झ ५८६१ नम्बरकाे गाडीमा आगजनी गरेकाे आराेपमा पाँच जनालाई पक्राउ गरेकाे पनि उहाँले बताउनुभयाे । मन्त्रीलाई उद्धार गरेर सिंहदरबार पुर्‍याएकाे उहाँकाे भनाइ छ ।

ईपीएस परीक्षार्थीकाे प्रदर्शनका कारण अहिले सातदोबाटोदेखि बालकुमारीसम्मको सडक अस्तव्यस्त रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया