आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

 पुष १४, २०८० शनिबार ७:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै कोशी र बाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

मधेस प्रदेशसहित तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी र बाग्मतीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर दिउँसोदेखि पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानकाे न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ । हिजो बिहान ८ दशमलव १ डिग्री रहेकोमा आज न्यूनतम तापक्रम घटेको हो ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया