ठाउँ अभावले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता

 पुष १४, २०८० शनिबार १५:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताएको छ । कोषले ठाउँ अभावले क्षमताभन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको हाे । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले यस्तो बताउनुभएको हो । कोषका अध्यक्ष ओलीले जाउलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले भक्तपुरको सूर्यविनायकमा एक सय ५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गर्नुभयो । उहाँले बाघ, गैँडा लगायतका जङ्गली जनावरको जनसङ्ख्या बढिरहेको, र मानव बस्ती पनि बढिरहेकाले जङ्गली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएको बताउनु भयो । उहाँले जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो चिडियाखाना त्यत्ति ठूलो त होइन, ६ हेक्टर जमिनको छ । अर्को एउटा कुरा सूर्यविनायकमा चलिरहेको छ । करिब करिब एक सय ५० हेक्टर क्षेत्रफलमा व्यवस्थित गर्न पाए बेग्लै किसिमको चिडियाखानाको व्यवस्था गर्न सकिन्थ्यो । अहिले वाइल्ड लाइफको पपुलेसन बढेको छ । बाघको जनसङ्ख्या बढेको छ । गैँडाको जनसङ्ख्या बढेको छ । ह्युमेन क्याजल्टी बढेको छ । त्यसले गर्दा ती जनावरलाई ल्याएर संरक्षण गर्ने ठाउँ साँघुरो भएको छ । यही चिडियाखानामा मात्रै यसको क्षमताले भ्याउने भन्दा बढी छन् । एउटा बाघलाई राख्न मात्रै एक सालको करिव १५ लाख रुपैयाँ चाहिन्छ । यो महँगो पनि छ । व्यवस्था गर्न पनि गाह्रो छ । हामीलाई अलि फराकिलो ठाउँको आवश्यकता परेको छ ।’

उहाँले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै जङ्गली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताउनु भयो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया