भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
जुम्ला - जुम्लाको तातोपानी गाउँपालिका–७ दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ ।
गाउँपालिका, फोर.एस संस्था र स्थानीयको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष तिलक रावतले जानकारी दिनुभयो । २०७९ साल असोज दोस्रो हप्ता आएको बाढीले काठेपुल बगाएपछि स्थानीयलाई आवातजावत गर्न समस्या थियो ।
स्थानीय सरकारको लगानीमा झोलुङ्गे पुल निर्माण भएपछि नागरिक खुसी भएका छन् । पुल निर्माण नहुँदा वडा ७ का ६० घरधुरीलाई आवतजावतमा निकै समस्या थियो । तर अहिले निक्कै सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज थापाले बताउनुभयो ।
झण्डै ४२ लाख लगानीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । तातोपानीमा अहिलेसम्म १५ वटा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।