झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो : तीन जना घाइते

 पुस २२, २०८० आइतबार ११:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापामा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

भद्रपुर नगरपालिका–४ को झिलिमिली पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका कचनकवल–२ का लेखनाथ दाहालको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका चालक धनपति पाठकको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भैरहेको छ ।

यस्तै, हिजो बेलुका बिर्तामोडमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक कनकाई नगरपालिका–८ का तोयानाथ उप्रेतीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

तीन जना रहेको मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया