भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
चितवन - चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
झण्डै दुई महिनादेखि बिग्रिएकाे चार्जिङ स्टेसन नबन्दा सेवाग्राही मर्कामा परेका छन् । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रेका छन् । अहिले एउटा एसी चार्जर मात्र सञ्चालनमा रहेकाे छ ।
एसी चार्जरबाट गाडी चार्ज गर्दा ढिलो हुने गाडी चार्ज गर्न आउनुभएका गोरखाका ध्रुव गुरुङले बताउनु भयाे । चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले एसी चार्जरबाट चार्ज गर्दा घण्टाैँ कुर्नुपर्ने समस्या रहेको बताउनुभयो । उहाँले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको बताउनुभयो ।
'बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो', उहाँले भन्नुभयो, 'अहिले त दुई तीन घण्टा कुर्नुपर्छ ।' उहाँले सरकारले विद्युतीय गाडी प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताउनुभयो ।
चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताउनुभयो । उहाँले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक/दुई दिनमै आउने बताउनुभयो ।
आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताउनुभयो । उहाँले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल शुरु गरिने जानकारी दिनुभयो ।
उहाँले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताउनुभयो । उहाँले गाडी चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताउनुभयो । चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।