पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपक्षी गणना

 पुष २३, २०८० सोमबार १४:३९:२७ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पक्षीकाे गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीकाे अवस्था, हिउँदे आगन्तुक जलपक्षीकाे तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पक्षी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीकाे सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपक्षी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवम् पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपक्षी गणना शुरु गरिएको हो ।

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपक्षी गणना गरिँदै आइएकाेमा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पक्षी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पक्षी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।

उपत्यकाले जलपक्षी गणनाको २० औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीकाे सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपक्षी रहेका छन् ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी ठाउँमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एसियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिनुभयो ।

पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपातालमा र २६ गते फेवाताल र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया