प्यालेस्टिनीकाे नरसंहार गरेको आरोपमा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दाको सुनुवाइ हुँदै

 पुस २६, २०८० बिहिबार १४:५४:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले गाजामा प्यालेस्टिनकाे नरसंहार गरेकाे मुद्दामा संयुक्त राष्ट्र सङ्घकाे अन्तर्राष्ट्रिय अदालतले आजदेखि सुनुवाइ गर्दैछ । ‘गाजामा प्यालेस्टाइनीको नरसंहार’ गरेको आरोपमा दक्षिण अफ्रिकाले दायर गरेको मुद्दाको आजदेखि हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ हुन लागेको बीबीसीले जनाएको छ ।

दक्षिण अफ्रिकाले दायर गरेको मुद्दामा इजरायलाई तुरुन्तै सैन्य कारबाही रोक्न माग गरिएको छ । यो मुद्दामा अदालतले सजाय नभई राय मात्र दिनेछ । किनकि यो मुद्दा आपराधिक होइन । यद्यपि यसलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेका छन् । दक्षिण अफ्रिकाले आज र इजरायलले भोलि आफ्नो पक्षमा बहस गर्ने खबरमा उल्लेख छ । मुद्दामा दक्षिण अफ्रिकाले इजरायलको आक्रमणको उद्देश्य प्यालेस्टिनी राष्ट्रिय र जातीय समूहको ठूलो हिस्साको समाप्त गर्नु रहेको आरोप लगाएको छ ।

गाजामा निहत्था नागरिक मार्ने, घाइते बनाउने, शारीरिक र मानसिक यातना दिने लगायतका काम इजरायलले गरिरहेको पनि आरोप छ । तर इजरायलले दक्षिण अफ्रिकाको आरोपलाई निराधार भन्दै कडाइका साथ अस्वीकार गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया