डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

 माघ १, २०८० सोमबार ७:१६:१७ | एजेन्सी
unn.prixa.net

डेनमार्कका युवराज फ्रेडरिक राजा हुनुभएको छ । उहाँलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गर्नुभएको हो  ।

महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै  तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ ।

यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गर्नुभएको थियो । त्यही समयमा उहाँले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया