सुदूरपश्चिमकाे लगातार तेस्राे जित, मधेशले एपीएफलाई हरायाे

 माघ ४, २०८० बिहीबार १८:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम लगातार तेस्रो खेलमा विजयी भएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनले हरायो ।

सुदूरपश्चिमले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३० ओभर २ बलमा ९३ रनमै अल आउट भयो । गण्डकीका अस्वानी रानाले सर्वाधिक २५ रन बनाए । यस्तै गण्डकीले २५ रन अतिरिक्त पाएको थियो । सुदूरपश्चिमका शेर मल्लले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम ५० ओभरमा २ सय १ रन बनाउँदा अल आउट भयो । गण्डकीका बिपिन खत्री र अङ्कित न्यौपानेले समान ३ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । गण्डकीको यो लगातार तेस्रो हार हो ।

यस्तै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५ विकेटले हरायो । एपीएफले दिएको २ सय ४७ रनको लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर भेटायो । मधेशका रुपेश सिंहले नट आउट ७२ रन बनाए । यस्तै पवन सर्राफले ६४ र निरज यादवले ५२ रन जोडे । एपीएफका रमेश कुर्मी र कप्तान रोहित पौडेलले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो । एपीएफका आसिफ शेखले ५९, रोहित पौडेलले ५८ र अमर रौटेलाले नट आउट ४९ रन बनाए । मधेशका रुपेश सिंह र प्रदीप पासवानले समान ३ विकट लिए ।

यो जितसँगै मधेश ४ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ । १ खेल कम खेलेको आर्मी समान अङ्कसहित तेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया