एसियन कप फुटबल : बहराइनले जोर्डनलाई हरायो

 माघ १२, २०८० शुक्रबार १२:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा बहराइनले जोर्डनलाई हराएको छ । कतारमा हिजो भएको समूह 'ई' को खेलमा बहराइनले जोर्डनलाई १–० गोलले हराएको हो । बहराइन ६ अङ्कसहित समूहको शीर्ष स्थानमा छ ।

यस्तै, हिजो भएको  समूह 'ई' को अर्को खेलमा  दक्षिण कोरिया र मलेसियाले ३–३ गोलको बराबरी खेलेका छन् । यो खेलसँगै दक्षिण कोरिया ५ अङ्कसहित समूह उपविजेतामा सीमित रहँदै एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै, हिजै भएको समूह 'एफ' को खेलमा कीर्गिस्तान र ओमानले एक/एक गोलको बराबरी खेलेका छन्  । यही समूहको साउदी अरेबिया र थाइल्यान्डकाे खेल पनि बराबरीमा रोकिएको छ । साउदी अरेबिया र थाइल्यान्डले गोल रहित बराबरी खेलेका हुन् । याे समूहमा साउदी ७ अङ्कसहित पहिलो स्थानमा रहेको छ । यस्तै, थाइल्यान्ड ५ अङ्कसहित दोस्रो, ओमान २ अङ्कसहित तेस्रो र किर्गिस्तान १ अङ्ककासाथ  पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया