आज शहीद धर्मभक्त माथेमाको स्मरण गरिँदै

 माघ १३, २०८० शनिबार ९:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद सप्ताहअन्तर्गत आज शहीद धर्मभक्त माथेमाको स्मरण गरिँदैछ । उहाँलाई प्राणदण्ड दिइएको ठाउँ सिफल उकालोमा आज स्मृतिसभा हुँदैछ । विसं १९६६ असोज ९ गते काठमाण्डौको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन राणा शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा विसं १९९७ माघ १३ गते सिफल उकालोमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले वि.सं १९९७ माघ ६ गते शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्यदण्ड दिइएको थियो ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति नागरिकसम्म पुर्‍याउने क्रममा अमरत्व प्राप्त गर्ने यिनै शहीदको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया