उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

 माघ १३, २०८० शनिबार १५:५६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ ।

नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा भैरहेको उत्तरगङ्गा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएसँगै आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको हो । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बाग्लुङको ढोरपाटन उपत्यकामा बनाइनेछ ।

आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानुनी जटिलता आएको थियो । ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र पर्ने आयोजनाको काम गर्न सरकारले स्वीकृति प्रदान गरेको आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिनुभयो ।

जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट आयोजनाले २०७६ सालमा ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागमा पेस गरेको चार वर्षपछि स्वीकृति पाएको छ । आयोजनाबाट हिउँदमा पनि आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले देखाएको छ ।

उत्तरगङ्गा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई सुरुङमार्ग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया