काठमाण्डौमा चल्ने द्रूत बसको सबै जानकारी अब मोबाइल एपमा

 माघ १४, २०८० आइतबार ९:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको सूर्यबिनायक–रत्नपार्क रुटमा चल्ने द्रूत बसबारे यात्रुलाई जानकारी दिन ‘एक्सप्रेस बस सर्भिस’ एप सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको यो एपमार्फत यात्रुले बसको नम्बर, चालकको नाम, बस रोकिने स्टप, आइपुग्न लाग्ने समय, भाडादरलगायत जानकारी लिन सक्छन् । 

एपमार्फत यात्रुले बस सेवाबारे गुनासो र प्रश्नसमेत राख्न सक्ने विभागले जनाएको छ । सूर्यबिनायक–रत्नपार्क रुटमा अहिले दैनिक ३६ वटा द्रूत बस सञ्चालन हुँदै आएको छ  । बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस चल्ने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया