रूपनगर क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी सीपमूलक तालिम

 माघ १४, २०८० आइतबार ९:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी सीपमूलक तालिम शुरु भएको छ । सिक्वेल फाउण्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा तालिम चार महिनासम्म सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिनुभयो ।

सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न सीप सिकाएर ‘गरी खान’ सक्ने बनाउने उद्देश्यले यस्तो तालिम शुरू गरिएको आयोजक संस्था सिक्वेल फाउण्डेसनले जनाएको छ । तालिम अन्तर्गत डिजिटल साक्षरता, वित्तीय साक्षरता, सञ्चार सीप र यौन तथा प्रजनन स्वास्थ्य विषयमा जानकारी गराइने गजुरेलले बताउनुुभयो ।

रूपनगर क्याम्पसले विद्यार्थीहरुलाई व्यवहारिक जीवनमा अत्यावश्यक विभिन्न सीप सिकाउने अभियान सञ्चालन गर्दै आएको छ । विगत तीन महिनामा साइबर सुरक्षा, बैंकिङ, शेयर कारोबार लगायतका विषयमा अभिमुखीकरण कार्यक्रम भैसकेको र छिटै प्रविधि सम्बन्धी विषयमा पनि कार्यक्रम गरिने क्याम्पसले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया