अजरबैजान पठाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

 माघ १६, २०८० मंगलबार १०:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै ३३ लाख दुई हजार रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।

बारा कोल्वी नगरपालिका–४ का  ३३ वर्षीय रामशरण शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै तीन जनालाई ठगेको प्रहरीले जनाएको छ ।

शिवाकोटीले युनिसा आलेमगर र राजन प्रसाईँसहित तीन जनाबाट क्रमश: १६ लाख ५० हजार र १६ लाख ५२  हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया