बाजुरामा भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

 माघ १७, २०८० बुधबार १३:११:५७ | रासस
unn.prixa.net

बाजुरा - बाजुरामा भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका बिरामी पर्न थालेका छन् । चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो ।

लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा नै रुघाखोकी फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । बाजुराको पूर्वी–उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरो र रुघाखोकीको सङ्क्रमण बढेपछि माझपाटा आधारभूत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताउनुभयो । यसअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले भाइरल ज्वरो रोकथामका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने बताउनुभयो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले रुघाखोकी हावा र हाँछ्युका माध्यमबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गर्नुभयो ।

सङ्क्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्न उहाँको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया