एमाले सांसद नेम्वाङ बिरामी, हेलिकप्टरमार्फत काठमाण्डाै ल्याइयाे

 माघ १७, २०८० बुधबार १८:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङ अकस्मात बिरामी परेपछि ताप्लेजुङबाट उपचारका लागि काठमाण्डाै ल्याइएको छ ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङलिङ आउनुभएका नेम्वाङ अचानक बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको हो । खाना खाएर कार्यक्रममा जाने समयमा बिरामी परेपछि उहाँलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।

पाँचथरबाट निर्वाचित सांसद नेम्वाङ एमाले ताप्लेजुङको इन्चार्जसमेत हुनुहुन्छ । उहाँ आज बिहान फिदिमबाट ताप्लेजुङ पुग्नुभएको हो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया