नापी कार्यालयका अमिन ४ हजार रुपैयाँ घुससहित पक्राउ

 माघ १७, २०८० बुधबार १८:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाण्डाैमा आरोपपत्र दायर गरेको छ ।

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयाेगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया