'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारे छानबिन सकिएको छ । घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले हिजो गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
समितिले अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । गएको शुक्रवार विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद र कुटाकुट भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।