सोलुखुम्बुका १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा

 माघ १८, २०८० बिहीबार १२:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुका चार वटा पालिकासहित १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा सञ्चालन भइरहेका छन् । जिल्ला सदरमुकाममा रहेका १२ वटा, सदरमुकाम बाहिरका दुई वटा सरकारी अड्डा र चार वटा पालिकाका कार्यालय प्रमुख विहीन भएका हुन् ।

निमित्तको भरका रहेका पालिकाहरुमा थुलुङ दुधकोशी गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र नेचासल्यान गाउँपालिका रहेका छन् । अन्य कार्यालयहरुमा जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, कारागार कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय रहेका छन् ।

यस्तै नेपाल टेलिकम, नेपाल खाद्य तथा व्यापार कम्पनी, नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लु, खानेपानी तथा सरसफाइ कार्यालय, सीमा प्रशासन कार्यालय नाम्चे र इलाका प्रशासन कार्यालय सोताङ रहेका छन्।

कार्यालयहरुमा अधिकृत नहुँदा दैनिक कार्यसम्पादन समेत प्र्रभावित हुने गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । निमित्तलाई पूर्र्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया