'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
ललितपुर – ललितपुर महानगरपालिकाले 'ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप' शुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमकाबीच एपको शुभारम्भ गर्नुभएको हो ।
ललितपुर नगर प्रहरीलाई चनाखो राख्न तथा गुनासो पठाउनका लागि एप बनाएको महानगरले जनाएको छ । यस एपमार्फत २१ प्रकारका गुनासो पठाउन सकिने छ । महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिनेछ । इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा पनि गुनासो पठाउन सकिने प्रबन्ध गरिएको छ । गुनासो पठाउँदा पठाउने व्यक्तिको सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको महानगरले जनाएको छ ।
'एलर्ट' मा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शव वाहन, फोहोरमैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै विना स्वीकृति संरचना, लैङ्गिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोटबिरुवा क्षति, फुटपाथ, सडक बत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी विपद्, सडक मानव, कालोबजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिरो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा ‘एलर्ट’ गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
मेयर महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।