'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो । अरु क्षेत्रका किसान हिउँदे वर्षा र हिमपातले खुसी भए पनि भूकम्प पीडितको बसाइलाई प्रत्यक्ष प्रभाव परेको छ ।
समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मारमा परेका छन् । अस्ति बुधवार बेलुकादेखि जाजरकोट र रुकुमपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
भूकम्पबाट पीडित भएकाहरुको अहिलेसम्म उचित बसोबासको व्यवस्था हुन सकेको छैन । अस्थायी आवास र त्रिपालका भरमा बसेका उनीहरुलाई चिसो थेग्न मुस्किल भएको छ । कतिपय चर्किएकै घरमा बसेका छन् । जाडो बढेपछि घरबाहिर निस्कन समस्या छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ की भूकम्प पीडित देवकली पुन मगरले हिमपात र पानीले चिसो बढेको बताउनुभयो । विशेष गरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ । भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम पूरा हुन सकेको छैन। सरकारको ढिलासुस्ती र चिसोको यो बेला आफूहरु थप समस्यामा परेको भूकम्प पीडितको गुनासो छ।
जाजरकोट भूकम्पबाट झण्डै ८० हजार घरमा क्षति पुुगेकोमा २५ हजारको सङ्ख्यामा अस्थायी आवास बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको कात्तिक १७ गते भूकम्प गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।