'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै गएको छ । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या झण्डै एक हजार ७ सय पुगेको छ । ओपीडीबाट एक हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका कायममुकाय निर्देशक डा. रमेश कंडेलले जानकारी दिनुभयो ।
युरोलोजि सेवा जिल्लामा नहँुदा बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर प्रतिष्ठानमा सेवा विस्तार भएपछि अहिले बिरामीको समस्या समाधान र सहज भएको छ ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिनेलगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने युरोलोजीष्ट डा.प्रबोध रेग्मीले बताउनुभयो ।
प्रतिष्ठानका सूचना अधिकरी निशानदाजु भट्टराईले युरोलोजी सेवा अन्तरगत साना तथा ठूला गरेर झण्डै २ सय जना बिरामीको सफल शल्यक्रिया भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।