डोल्पाकाे शे–फोक्सुण्डो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव भैरहेको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा हिजोदेखि उत्सव शुरु भएको हो । लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले दुई दिने उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।
नेपालमा विगत दश वर्ष अघिदेखि लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुँदै आएको छ । प्रकृतिका साथीहरु संस्थाले ४६ जिल्लामा गरेको अध्ययन अनुसार नेपालमा वार्षिक २ हजार लाटोकोसेरो विदेश चोरी निकासी हुने पाइएको छ । अवैध व्यापारले लाटोकोसेरो हुचिल, हाप्सिलोलगायतका लाटोकोसेरो संकटापन्न अवस्थामा पुगेका संरक्षणकर्मीको भनाइ छ । ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव हुँदै गएको छ । त्यस्तै आधुनिक घर बनाउने क्रम बढेसँगै खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने पक्षीलाई समस्या परेको छ ।
सुरक्षित आहाराको कमी, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो जस्ता पन्छी लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा. हुम गुरुङले बताउनुभयो । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइने गरेको र तीमध्ये नौ प्रजाति राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।
लाटोकोसेरोले मुसा खाएर किसानको बाली जोगाउन भूमिका खेल्छ । त्यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङ्जा र कैलालीमा संरक्षण उत्सव गरिएको थियो । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।