सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध, एक जना घाइते

 माघ २०, २०८० शनिबार १५:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाकाे खाँदबारी – किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नामा रहेको नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो ।

पहिरोमा परेर एक्स्काभेटर पुरिँदा सहचालक रामेछाप घर भएका सकिन केसी घाइते हुनुभएको कोशी राजमार्ग उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । उहाँको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारी आउने गाडी र यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको इञ्जिनियर कोइरालाले जानकारी दिनुभयो ।

यो क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहेकाले समयसमयमा सुक्खा पहिरो खस्ने र भोटखोला सडकखण्ड अवरुद्ध हुने समस्या भइरहेको स्थानीयले बताएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया