हात्तीलाई राेक्न ६ फिट अग्लाे पर्खाल लगाउँदै इटहरी उपमहानगरपालिका

 माघ २१, २०८० आइतबार १८:१६:३२ | रासस
unn.prixa.net

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण शुरु गरिएको छ ।

दिनहुँ आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण शुरु गरेको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।

जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ । उपमहानगरले स्थानीयवासीलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा ६ फिट अग्लो पर्खाल बनाउन शुरु गरेको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया