खाेटाङकाे रुपाकाेटले कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायाे

 माघ २१, २०८० आइतबार १८:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका किसानले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरेर बजारसम्म पुर्‍याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरूपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

पहिलो दिन वडा नम्बर ११ खार्मीमा ‘सोती बहुउद्देश्यीय कृषक समूह’ ले उत्पादन गरेका कृषिउपज निःशुल्क ढुवानी गरिएको छ । शुभम् फाउन्डेशनले निःशुल्क उपलब्ध गराएको पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन शुरु गरेको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो ।

नगरपालिकाले शुरुवात गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सके किसानलाई ठूलो राहत हुने वडा नम्बर २ सोल्माका अगुवा किसान गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया