बालकुमारी घटना जाँचबुझ गर्न बनेको आयोगको म्याद १५ दिन थप

 माघ २२, २०८० सोमबार ९:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको बालकुमारीमा एक महिना अगाडि भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ ।

बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको विषयमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको ज्यान गएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो । यस घटनाको छानबिन गर्न मन्त्रिपरिषद्ले पुस १६ गते गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम नसकिएकाले म्याद थपिएको हो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया