नेपाल टेलिकमले वार्षिकोत्सव मनाउँदै : २ करोड १८ लाखभन्दा धेरै ग्राहक

 माघ २२, २०८० सोमबार ९:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६० साल माघ २२ गते स्थापना भएको कम्पनीले आज विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।

टेलिकमले मोबाइल टेलिफोन सेवा, जीएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

गएको मंसिर मसान्तसम्म देशभरका २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढीले भ्वाइस सेवा तथा २ करोड १५ लाख ४४ हजार ३ सयभन्दा बढीले इन्टरनेट सेवा लिइरहेका कम्पनीले जनाएको छ । देशका दुर्गम तथा विकट ठाउँमा दुरसञ्चारको सेवा विस्तारका लागि पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइरहेको कम्पनीले जनाएको छ ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया