धरहराको पार्किङको विषयमा सहरी विकास मन्त्रालय र महानगरबीच विवाद

 माघ २२, २०८० सोमबार १२:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धरहरामा पार्किङ शुरु भएको विषयमा सहरी विकास मन्त्रालय र काठमाण्डौ महानगरपालिकाबीच विवाद बढेको छ । निर्माण व्यवसायी र मन्त्रालयसँग समन्वय नै नगरि पार्किङ खुलाएको भन्दै मन्त्रालयले पार्किङ नगर्न भनेको छ । तर महानगरपालिकाले भने पार्किङ कायमै हुने जनाएको छ ।

सहरी विकास मन्त्रालयले गएको शुक्रवार विज्ञप्ति निकालेर धरहराको  भूमिगत पार्किङमा भेन्टिलेसनलगायतका काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न भनेको छ । निर्माण पक्षले पार्किङको विषयलाई देखाएर म्याद थपको समेत माग गरेको भन्दै मन्त्रालयले महानगरपालिकालाई पार्किङको योजना तत्काल स्थगित गरेर निर्माण सक्न दिन अनुरोध गरेको छ ।

महानगरपालिकाले अघिल्लो हप्तादेखि पार्किङ शुरु गरेको धरहरा क्षेत्रको काम सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत भइरहेको छ । तर काठमाण्डौ महानगरपालिका मेयर बालेन शाहले भने धरहराको पार्किङ बन्द नहुने बताउनुभएको छ ।

मन्त्रालयले निर्माणाधीन ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको भन्दै पार्किङ बन्द नहुने जवाफ दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्ति स्मरण गराउँदै ओलीलाई नै पत्र पठाउन पनि चुनौती दिनुभएको छ। काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि गएको १४ गतेदेखि धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको हो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया