डडेल्धुरामा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीकाे ज्यान गयाे

 माघ २२, २०८० सोमबार १५:२:४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिकामा आगो ताप्ने क्रममा निसासिएर गए राति सासू–बुहारीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अमरगढी–१ मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो । उहाँका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरूको ज्यान गएको खुलेको छ ।

बेहोस अवस्थामा फेला परेका दुवै जनालाई घरपरिवार र आफन्तले आज बिहान अस्पताल पुर्‍याएका थिए । तर अस्पताल पुग्नसाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया