स्न्यापच्याट सञ्चालन गर्ने कम्पनी जायन्ट स्न्यापले १० प्रतिशत कर्मचारी कटौती गर्ने

 माघ २३, २०८० मंगलबार ७:३:४४ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल स्न्यापच्याट सञ्चालन गर्ने कम्पनी जाइन्ट स्न्यापले १० प्रतिशत कर्मचारी  कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले गएको नोभेम्बरमा पाँचहजार कर्मचारीमध्ये पाँच सय जना अनावश्यक रहेको बताएको थियो ।

स्न्यापले अक्टोबरमा निकालेको चौथो त्रैमासिक रिपोर्टमा तीन सय ६८ मिलियन डलर घाटा भएको पाइएपछि कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ । रिपोर्टले प्रतिद्वन्द्वी मेटा कम्पनीको पछिल्लो त्रैमासिक नाफा वार्षिक रूपमा तीन गुणा बढेको र प्रयोगकर्ताहरूको वृद्धिको हिसाबले पनि स्न्यापपछि परेको देखाएको खबरमा उल्लेख छ ।

सामाजिक सञ्जाल विश्लेषक जस्मिन एनबर्गले स्न्यापको पछिल्लो आम्दानीको रिपोर्टले स्न्यापको व्यवसायको अवस्थाको संकेत राम्रो नभएको देखाएको बताउनुभयो । यो सामाजिक सञ्जालको कम्पनीबाट सामूहिक कर्मचारी हटाउने दाेस्राे कदम हो ।

यसअघि अगस्ट २०२२ मा पनि स्न्यापले  २० प्रतिशत कर्मचारी कटौती गरेको थियो । कम्पनीले आफ्नो आर्थिक अवस्था सुधारका लागि स्न्यापबाहेक विभिन्न सिसाजन्य सामग्री उत्पादन गरेर बजार व्यवस्थापनका लागि पनि प्रयास गरेको थियो । तर व्यापार विस्तार गर्न नसकेपछि सबै काम बन्द गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया