वर पिपल र पानीका मुहान जोगाउन अर्घाखाँचीको भूमिकास्थान–६ मा बाँस हटाउने अभियान

 माघ २३, २०८० मंगलबार १५:७:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

अर्घाखाँची – पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बाँसले ऐतिहासिक महत्त्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो । निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र वरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन सूचनामा भएिको छ ।

वर र पिपललाई चाहिने पानी र घाम बाँसले लिँदा वर–पिपल भोको रहने अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणका लागि राम्रो रहेको सामाजिक अगुवा प्रकाश बेल्बासेले बताउनुभयो ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बाँस र पानीको मुहान असर गर्ने गरी लगाइएको बाँस हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया