काभ्रेको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुस्त भएपछि ठेक्का तोड्ने तयारी

 माघ २३, २०८० मंगलबार १५:२२:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रे – अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुस्त भएपछि सरकारले ठेक्का तोड्न प्रक्रिया अघि बढाएको छ । चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारकाे काम सम्झौताको झन्डै दुई महिना समय बाँकी रहँदा सरकारले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागेको कार्यालयले जनाएको छ । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएको कार्यालयले निकालेकाे सूचनामा उल्लेख छ ।

कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । व्यवसायीसँग २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागतसमेत यसै निर्माण कम्पनीबाट असुल गर्ने कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया