चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – बङ्गलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकामा आज भएको खेलमा नेपाल भारतसँग ४–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको नेपालले दोस्रो हाफमा ४ गोल खायो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
भारत र बङ्गलादेशले प्रतियाेगिताकाे फाइनल खेल्ने भएका छन् । भुटान यसअघि नै बाहिरिइसकेको थियो । नेपालले भुटानलाई हराएको थियो भने भारत र बङ्गलादेशसँग पराजित भयो ।प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।