बसाइँसराइले पार्ने असरबारे अध्ययन आवश्यक : विज्ञ

 माघ २३, २०८० मंगलबार १८:३९:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे वृहत् अध्ययन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालय नेपालको सहकार्यमा त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरूले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्राध्यापक डाक्टर कुसुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या अहिले नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताउनुभयो । उहाँले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी झन्डै ४४ लाख जना नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिनुभयो ।

जनसङ्ख्या विभागका प्रमुख डा. योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया