डोल्पाकाे शे–फोक्सुण्डो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध 'डिफ्युजन नोटिस' जारी गरेको छ ।
केही महिना पहिले हङकङबाट काठमाण्डाै ल्याएको बेला बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा 'डिफ्युजन नोटिस' जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
'डिफ्युजन नोटिस' जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा त्याे व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया शुरु गर्छन् ।
अमला तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको सीआईबीको अनुसन्धानकाे निष्कर्ष छ । काठमाण्डाैको ठमेलमा रहेको होटेल 'भियना' अमलाको नाममा दर्ता रहेको पाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।