कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - जाडोमा आगो ताप्दा र आगोको काम गर्दा सावधानी नपनाउँदा बितेको चार दिनमा ६ जनाको ज्यान गएको छ ।
हिजो बेलुकी अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि ज्यान गएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको थियो ।
जाडोको बेला आगो ताप्दा र हावाहुरी चल्ने बेला आगोको काम गर्दा विशेष ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् । हावाहुरी चलेको बेला जथाभाबी आगो बाल्न हुँदैन भने आगोको काम सकिएपछि राम्रोसँग निभाउनुपर्छ । सलाइ, लाइटरजस्ता आगो लाग्ने सामग्री केटाकेटीले नभेट्ने ठाउँमा राख्नुपर्छ ।
यस्तै, हावा ओहोरदोहर हुने ठाउँ वा कोठामा आगो ताप्ने, हिटर बाल्ने वा गिजरको प्रयोग गर्ने गर्नुपर्छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै राख्नु हुँदैन ।
आगो तापिसकेपछि आगोलाई पूूर्ण रुपमा निभाउनुपर्छ । धेरैले आगो ताप्दा पछाडि फर्किएर ढाड सेक्ने हुँदा लुगाबाट आगो सल्किने जोखिम भएकाले आगो ताप्ता अगाडि फर्किनुपर्ने जलन उपचार गर्ने डा.जश्वन शाक्यको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।