कडा सुरक्षाकाबीच पाकिस्तानमा मतदान जारी, मोबाइल फोन सेवा बन्द

 माघ २५, २०८० बिहिबार १२:१८:२६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पाकिस्तानमा आज भइरहेको मतदानका क्रममा मोबाइल सेवा बन्द गरिएको छ ।

पाकिस्तानको गृह मन्त्रालयका अनुसार बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशभरका मोबाइल सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

चुनावको पूर्वसन्ध्यामा बलुचिस्तानमा हिजो भएको बम विस्फोटमा परि अहिलेसम्म झण्डै ३० जनाले ज्यान गुमाएका छन् । चुनावको अघिल्लो दिन भएको विस्फोटले मतदातामा त्रास भने कायम रहेको खबरमा उल्लेख छ ।

आजको चुनावमा शान्ति सुरक्षालाई मध्य नजर गर्दै ६ लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको बीबीसीले जनाएको छ । बढ्दो महँगीका कारण नागरिकले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानमा आउँदो ५ वर्षका लागि चुनाव भइरहेको हो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया