कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
सप्तरी – सप्तरीको राजविराजको मधेश प्रदेश कृषि विश्वविद्यालयमा लागेकाे ताला १८ दिनपछि आज खुलेको छ ।
आज भएको सर्वदलीय बैठकमा चार बुँदै सहमति भएसँगै विश्वविद्यालयको ताला खुलेको हो । विभिन्न विषयमा असन्तुष्टि राखेर जनमत पार्टीले तालाबन्दी गरेको थियो ।
नेकपा एकीकृतका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जनमत पार्टीको मागका विषयमा एक महिनाभित्र सर्वपक्षीय अध्ययन गरेर अगाडि बढ्ने, आउँदा दिनमा दल र प्रशासनसँग समन्वय र सहकार्य गर्ने, विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना आउँदा दिनमा नदोहरिने प्रतिबद्धता लगायतको विषयमा सहमति भएकाे जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।