पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा

 माघ २६, २०८० शुक्रबार ६:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया पाकिस्तानलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । अब उपाधिका लागि पर्सि आइतवार अस्ट्रेलिया र भारत खेल्ने भएका छन् । पहिलो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तान ४८ ओभर ५ बलमा १ सय ७९ रनमा अलआउट भएको थियो । पाकिस्तानका अजन अविस र अर्फत मिनहासले समान ५२ रन बनाएका थिए  ।  अस्ट्रेलियाका टम स्ट्राकेरले ६ विकेट लिएका थिए । पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जित दर्ता गरेको हो ।  

अस्ट्रेलियाका लागि हेरि डिक्सनले ५० रनको अर्धशतकीय पारी खेले । ओलिभर पिकले ४९ तथा टम काम्पबेलले २५ रन बनाए । अन्त्यमा रफ म्याकमिलनले १९ रनको नटआउट खेले । पाकिस्तानका अलि राजाले सर्वाधिक ४ विकेट लिए । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया