विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका विषयमा आयाेगकाे छलफल

 माघ २६, २०८० शुक्रबार १८:९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका विषयमा छलफल गरेको छ ।

आयोगले आज सर्वदलीय बैठक गरी विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीबारे जानकारी गराउँदै सुझाव मागेको हो । विदेशमा रहेका नागरिकलाई मताधिकारको प्रयोगको व्यवस्था गर्न अदालतले २०७४ चैत ७ गते आदेश दिएको थियो ।

बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नागरिकको मताधिकार कार्यान्वयनको व्यवस्थासहितको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गएको असार १८ गते गृह मन्त्रालयमा पेस गरिएकोमा अहिलेसम्म सदनमा प्रस्तुत नभएको बताउनुभयो ।

विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने आयोगले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया