सामाजिक उत्तरदायित्वसहितको जिम्मेवार पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव

 माघ २७, २०८० शनिबार ९:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार विज्ञहरूले युट्युबसहित सामाजिक सञ्जालको पहुँच बढेको अहिलेको सन्दर्भमा सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्न सुुझाव दिएका छन् । पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वसहितको जिम्मेवार पत्रकारिता गर्न उनीहरुको सुुझाव छ ।

सामाजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको सम्पादक सम्वादमा सहभागी सम्पादकहरूले सामाजिक सञ्जालबाट सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सन नहुने बताउनुुभयो ।

पछिल्लो समय समाचारमा नभइ नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उहाँले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने गरेको बताउनुभयो । भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चारमाध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको उहाँको भनाइ थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यमसरह अनुगमन तथा निगरानी भइरहेको जानकारी दिनुुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले युट्युबलगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताउनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा निःशुल्क गर्न नहुने बताउनुुभयो । सामाजिक सञ्जालमा सिधै विज्ञापन दिएर मिडियामा विज्ञापन घटेको भए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया